९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु हुँदै




१० पुस ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौं आइसकेका छन् ।
प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा परिवर्तन गरिएको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ ।
माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महाधिवेशनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १ सय ४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।