२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा वृद्धि



१२ पुस ०७८, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ सयले बढेर रु ९३ हजार २ सय पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७ सय रहने छ जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ६ सय तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १०ले घटेर एक हजार २ सय ५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ९ डलर आसपास कारोबार भइरहेको छ

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।