९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार २ सय २० जनामा संक्रमण, २ जनाको मृत्यु




१४ पुस ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जानकारी दिएकहा छन् ।
योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८ सय ६४ पुगेको छ । सङ्क्रमण दर ३.२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय थप २ सय ५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५ सय १८ पुगेको छ ।
काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १३ जना, ललितपुरमा १८ र काठमाडौँमा ९२ जना सङ्क्रमित भएका छन् । उहाँका अनुसार होम आइसोलेशनमा चार हजार ६ सय ८, संस्थागत आइसोलेशनमा २ सय ५६, आइसियुमा ८७ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९० पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख दुई हजार ६ सय ८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।