
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार विमलेन्द्र निधिको निवास बानेश्वरमा । प्रधानमन्त्री देउवाले नेता निधिलाई भेटेर सभापति पदमा पुनः हुने मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । तस्बिरः रोशन सापकोटा÷रासस
२० पुस ०७८, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् ।
देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।







प्रतिक्रिया