२४ पुस ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताएका छन् ।
समाजवादी अपाङ्ग सङ्गठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए ।
उनले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावशी प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गरिएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार व्यक्त गरे ।
प्रतिक्रिया