९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सडक मापदण्ड मिचेर कान्तिलोकपथको सुनाकोठी सडकमा पर्खाल




२६ पुस ०७८, सुनाकोठी । ललितपुर महानगरपालिकाले कान्तिलोकपथ सडक मापदण्ड मिचेर सुनाकोठी सडकमा पर्खाल लगाएको छ ।
झण्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएका छ । ९२ किलोमिटर लम्वाई रहेको कान्ति लोकपथअन्र्तगत पर्ने यो सुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइएको भए पनि मुआव्जा र क्षतिपूर्ति नदिदा विस्तार भएन । ०७७ सालमा सरकारले यथास्थिीमा सडक कालोपत्र गरेको थियो ।
पर्खाल लगाउदा सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश मिमिरेले बताए । उनले भने, ‘सडक साँधुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सझिालो भएको थियो । अव पर्खाल लगाएपछि दोहोरो गाडी छिर्न मुस्किल भयो ।’


उसै त साधुरो सडक छ त्यसमाथि बीचबाट नगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि यस सडकमा सधै जाम हुने उनले बताए । भने,‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ । महानगरले बुझ्नु पर्ने हो ।’
फुटपाथ बनाउन भन्दै नगरपालिका अन्र्तगत वडा नं. २७ का वडाध्यक्ष वावुराजा महर्जनले फुटपाथ बनाउन काम सुरु गरेको बताएका छन् ।
महानगर २७का वडाध्यक्ष बाबुराजा महर्जनले सम्पदा क्षेत्र रहेको यस ठाँउ फोहोर रहेको कारण व्लक छाप्न पेटी बनाएको बताए । उनले भने, कालोपत्र भएको सडकमा पर्खाल लगाएको होइन । अघिल्लो बर्ष पछि यहाँ पर्खाल लगाइएको थियो ।
महानगरले गठन गरेको उपभोक्ता समितीका अध्यक्ष कविन्द्र
डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए । टोलबासीको योजनामा पर्खाल लगाइएको डंगोलले बताए । उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो । फोहोर पनि भयो । सुनाकोठीमा जताततै व्लक राखिएको छ ।’

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : १७ बजे