६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कांग्रेस ललितपुर शाखाले ६ वटा पालिकामा खटायो प्रतिनिधि



२६ पुस ०७८, ललितपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले ६ वटा स्थानीय तहमा जिल्लाका पदाधिकारीहरुलाई प्रतिनिधीको रुपमा खटाएको छ।

पार्टी संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाइराख्न आपसी सम्पर्क, समन्वय र सद्भावको माध्यमबाट एकता र मेलमिलापसगैं पार्टीलाई अझ सुदृढ र बलियो बनाउन प्रतिनिधि खटाइएको जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताए।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रका कुरीति, कुसंस्कार र विमतिको अन्त्य गरी पार्टीलाई विजयी गराउन प्रतिनिधिहरूको मुख्य भूमिका हुनेछ।

जिल्ला कार्यसमितिका पदाधिकारीहरु उपसभापतिदेखि सहसचिव सम्मलाई पालिका प्रतिनिधिको जिम्मेवारी तोकेको छ।

ललितपुर महानगरपालिकामा उपसभापति सुदर्शन घिमिरे, गोदावरी नगरपालिकामा नगरपालिकाका नगर प्रमुख समेत रहेका अर्का उपसभापति गजेन्द्र महर्जनलाई प्रतिनिधि तोकेको छ।

त्यस्तै महालक्ष्मी नगरपालिकामा सचिव वशिष्ठ अधिकारीलाई तोकेको छ। त्यस्तै तीनवटा गाउँपालिकामा क्रमशः कोन्ज्योसोम गाउँपालिकामा सचिव राजन प्रसाद घिमिरे, वागमती गाउँपालिकामा सह–सचिव गणेश के.सी. र महांकाल गाउँपालिकामा सह–सचिव ऋषिदेव फुयाँललाई जय नेपालको जिम्मेवारी तोकिएको ललितपुर कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।