१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद बैठक माघ ३ गतेका लागि सर्‍यो



२६ पुस ०७८, काठमाडौं । यहि पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्‍मका लागि सारिएको छ ।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सोमबार एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो। त्‍यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।