२८ पुस ०७८, काठमाडौं । नेपालमा बुधबार एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।
प्रतिक्रिया