७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह



कान्तिपथस्थित निर्वाचनको कार्यालय ।

३० पुस ०७८, काठमाडौँ । निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ ।

आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए ।

कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफलमार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ ।

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ४ : ४२ बजे