२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लिपुलेकमा सडक निर्माण आपत्तिजनकः कांग्रेस(विज्ञप्तिसहित)




३० पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक रहेको बताएको छ। साथै, कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि कांग्रेसले माग गरेको छ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण गर्नु गम्भीर, आपत्तिजनक रहेको बताएका छन्। उनीहरूले अविलम्ब यो काम रोकिनुपर्ने बताएका छन्।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छु, विज्ञप्तिमा भनिएको छ,‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखि नै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।