४ माघ ०७८, काठमाडौं । बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै छ । बैठक बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकको एजेन्डा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषय रहेको बुझिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थानीय निकायको निर्वाचनका सन्दर्भमा बालुवाटारमा छलफल भएको थियो ।
समन्वय समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् भनेसत्तागठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन्। प्रधानमन्त्री पनि उक्त समितिको बैठकमा उपस्थित हुने गरेका छन् ।
प्रतिक्रिया