
५ माघ ०७८, काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अन्यका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि एक हजार लिने गरेका थिए।
यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यो सरकारी रुपैयाँ भन्दा झन्डै डबल दस्तुर हो । पहिले निजीले दुई हजार शुल्क लिने गरेका थिए ।







प्रतिक्रिया