२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं ज्याठाबाट नक्कली मह बनाएको आरोपमा श्रेष्ठ पक्राउ




७ माघ ०७८, काठमाडौं । काठमाडौंको ज्याठाबाट नक्कली मह बनाउदै गरेको अवस्थामा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यकामा नक्कली महको उत्पादन र बिक्री भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले गतविहीबार काठमाडौ २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई मिसावट गरी गुणस्तरहिन मह बनाईरहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन ७६ के.जी तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धानपछि अनुसन्धानको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु ल्याएको हो ।
३८ बर्षिय श्रेष्ठले ७ बर्षअघिदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी नककली मह बनाई बिक्री बितरण गर्दै आएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
उनले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने आएका थिए ।
यो नक्कली मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा बिक्रि हुदै आएको थियो ।
उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी नक्कली मह बनाई प्रति के.जी. रु. ६५० मा बिक्री बितरण गर्दै आएको थिए ।
उनले सञ्चालन गर्दै आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको छैन ।
उनले नक्कली मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रहरीको भनाई छ
स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलि आएको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट नक्कली तयारी मह ६०० केजी, कच्चा तथा गुणस्तरहिन मह ६५०० केजी ग्लुकोज ५०० केजी,चिनी १०० केजी, मेसिन १ थान,लेभल मेसिन १ थान, सिल मेसिन १ थान, पेट्राइज मेसिन १ थान, स्टोरेज मेसिन १ थान, स्पर्स हनीका लेभलहरु ( स्टिकर),पेट जार अ. १ हजार पिस बरामद गरेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।