२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन १० हजार २५४ जनामा कोरोना संक्रमण, थप १६ को मृत्यु




८ माघ ०७८, काठमाडौं । नेपालमा शनिबार थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ छ।

यस्तै ७०८ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको छ।
यस्तै कोरोनाबाट निको हुनेको दर ९०.७ प्रतिशत छ। काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।