१० माघ ०७८, काठमाडौं । आइतबार केहि घटेको कोरोना संक्रमणदर सोमबार भने फेरि बढेको छ । सोमबार देशभर फेरि एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। देशभर १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा २ हजार ५४० जना निको भएका छन्। हाल देशभर ८२ हजार ५५० संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।
प्रतिक्रिया