९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनकपुरधाममा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप



१२ माघ ०७८, जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

यो समाचार तयार पार्दासम्म ३७२ मतदाता रहेका मधेश प्रदेशको जनकपुरधाममा भएको मतदानमा १०८ जनाले मतदान गरिसकेका छन् । महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ ।

मतदान स्थलमा भने जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।