६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा ८० हजार जनसंख्या थपियो, पुरुष धेरै महिला थोरै




ललितपुर खबर
१३ माघ ०७८, काठमाडौं । दश वर्षपछि ललितपुरको जनसंख्यामा बढेको छ । जनगणना २०७८को नतिजा अनुसार ललितपुरको जनसंख्यामा यस जिल्लामा ८० हजार २ सय ६९ जना बढेको हो ।
२०६८ सालमा ललितपुरमा ४ लाख ६८ हजार १ सय ३२ जना जनसंख्या रहेको थियो भने भर्खरै गरिएको जनगणनामा ५ लाख ४८ हजार ४ सय १ जना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्लामा रहेको ९७ हजार ३ सय ५४ घरधुरीमा जरिएको गणना अनुसार यो तथ्याङ्क सार्वजनिक गरिएको तथ्याङ्क विभागले बताएको छ ।


जिल्लामा १ लाख ४१ हजार १२ परिवार रहेका छन् । ललितपुरमा २ लाख ७५ हजार ५ सय ३७ पुरुष र २ लाख ७२ हजार ६ सय ६४ जना महिला रहेका छन् ।
राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएकाले राजधानीमा बढ्दो बसाई सराई कारण दश वर्षमा ८० हजार संख्या बढेको अनुमान छ ।
पछिल्लो समय दक्षिण ललितपुरबाट ललितपुरको काँठ क्षेत्रमा जिल्लाको आन्तरिक बसाई सराईको दर समेत ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।