९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


एमाले ललितपुरका पुर्वउपाध्यक्ष समाजवादीमा प्रवेश




ललितपुर खबर
१३ माघ ०७८, ललितपुर । १३ माघ ०७८, ललितपुर । नेकपा एमाले ललितपुरका पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रिय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार विहीबार विहान एककृत समाजवादीको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सिलवाललाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
सिलवाल नेकपा एमालेको आठौं महाधिवेशनमा अध्यक्षमा दावी गरेको थिए ।

गएको माघ ५ गते पार्टी कार्यालयमा गएर राजीनामा बुझाएको सिलवालले कार्यक्रममा बोल्दै बताएका  छन्, एककृत समाजवादी नै कम्युनिष्ट पार्टीको मुल पार्टी हो ।
उनी हाल वागमती प्रदेश कमिटी सदस्य छन् भने २०७७ जेठ ३ गते जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।
गोदावरी गाविसका उनी २ कार्यकाल अध्यक्ष समेत भएका थिए । उनी गत ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा समेत उम्मेदवार भएर नेपाली काँग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : ४२ बजे