८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भक्तपुरको इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी



१४ माघ ०७८, भक्तपुर । मध्यपुरथिमि नगरपालिका ४ मा रहेको इन्द्रायणी मन्दिरबाट आज सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिएका छन् ।
मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको उनले जानकारी दिए । त्यसैगरी मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, शालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको उनले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै आजैदेखि अनुसन्धान गरी चोरी भएका सामान र गिरोहको खोजी भइरहेको बताए ।
केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु चोरी भएको थियो । मन्दिरबाट धमाधम चोरी हुन थाले पनि चोर भने अझै पक्राउ नपरेको साँस्कृतिक गुरु श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोहनै सक्रिय भएको हुनसक्ने उनको आशङ्का छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ०७ बजे