७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घट्दै कोरोना संक्रमण : शनिबार ४ हजार ९ सय ४ जनामा देखियो




१५ माघ ०७८, काठमाडौं । गएकोे २४ घण्टामा कोरोना भाइरस संक्रमण ४ हजार ९ सय ४ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १ जनामा गरिएको पीसीआर परीक्षणमा तीन हजार ३ सय १८ र चार हजार ४ सय ६१ एन्टिजेन परीक्षणमा एक हजार ५ सय ८६ जना गरी चार हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । अन्य दिनको तुलनामा शनिबार परिक्षण १० हजार १ सय १ जनामा गरिएको परिक्षण कम हो ।
केही दिनअघि कोरोना संक्रमितको संख्या १२ हजार नागेको थियो ।

 

 

 

 

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ०३ बजे