१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘ललितपुरको विकाशका लागि गम्भिर बहस चलाउनुपर्छ’



पुरुषोत्तम आचार्य ललितपुरको आठौं अधिवेशनबाट भर्खरै अध्यक्षमा निर्वाचित भएका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका आचार्य युवा जोस र जाँग्रका साथ केहि दिन अघि नेतृत्व सम्हालेका छन् । उनै अध्यक्ष आचार्यसँग हामीलेललितपुरको राजनीति र विकाशका सन्दर्भमा छलफल गरेका छौं । प्रस्तुत छ फलफलको सम्पादित अंश :
तपाईको नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित भएको छ । अव एमाले ललितपुरको नयाँ कार्यसमितीले कसरी राजनीतिक यात्रा सुरु गर्छ ?
कतिपय महत्वपूर्ण पुराना कार्यक्रमहरु हामी अनुसरण गर्छौ । तर अवको यात्रा हाम्रो नयाँ ढंगले सुरु हुनेछ । जिल्ला कमिटी, पालिका कमिटी, पार्टी केन्द्र ,प्रदेशका मित्रहरुको भावनालाई बुझेर निर्णयहरु अपनत्व हुने गरी काम गर्नेछौं ।
ललितपुरमा नेकपा एमाले २०७४ सालको निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित भएको थियो । २०७९ सालको निर्वाचनमा पनि हामी पहिलो पार्टी हुनेछौं ।
हामी सबै पार्टीका जिम्मेवार पदाधिकारीहरु राखेर क्यालेण्डर बनाउछौं । यो वर्क सेडुअल नै हुनेछ । ती योजना बनाउदा सबै तहका नेताहरु राखेर वर्कशप गर्नेछौं । हाम्रो पहिलो बैठकले ३ महिनाको क्यालेण्डर पास गर्नेछ ।

निर्वाचन नजिकिदैछ, निर्वाचन केन्द्रित योजना के छन् ?
गाँउमा गएर साधारण पढे लेख नगरेका स्थानीयहरुलाई निर्वाचनको अवधि सोधे उहाँहरुले ५ बर्ष भन्नु हुन्छ । कानून नजाने पनि लेखपढ नगर्नेले पनि यो कुरा भन्नु हुन्छ ।
तर यो सरकार सकेसम्म ५ बर्ष पुरा भए पनि निर्वाचनकाट कसरी भाग्ने निर्वाचनमा भन्नेमा लागेको छ ।
एक्ला एक्लै जाँदा एमालेले जितिहाल्छ । अरु पार्टीसँगगठबन्धन गर्दा अहिले आफूले खाइपाई आएको सुविधा छोड्नु पर्ने हुन्छ । अपहत्ये नै थियो नेपाली काँग्रेसलाई पनि । किनभने काँग्रेससँग प्रतिश्पर्धामा नेकपा एमाले नै छ ।
अहिले बनेका नेकपा एकीकृत र माओवादीको विषय त प्रतिश्पर्धाको छलफलको विषय नै हुँदैन । काँग्रेसले गठबन्धन गरिदिएन भने उनीहरुको विषयमा छलफल हुँदैन । त्यसैले गठबन्धन गर्नुपर्छ । गठबन्धन गरेर जानुपर्छ उहाँहरु भनिरहन’ भएको छ । त्यो गठबन्धन देशका निम्ति होइन र जनताको निम्ति होइन । त्यो उहाँहरुको व्यक्तिगत स्वार्थका लागि ।
तर पनि नेकपा एमालेले एक महिना अगाडिदेखि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ । यो वा त्यो बाहानामा निर्वाचन रोक्ने होइन । समयमै निर्वाचन हुनुपर्छ भनेर नेकपा एमालेले भनेको छ ।
एमालेले जनसँगठनले भर्खरै मिटिङ बसेर समयमै निर्वाचन भएन भने आन्दोलन गर्न तयार रहनुपर्छ भनेर अघि बढेको छ ।
एमालेका कतिपय जिल्लामा जनसंगठनले मसाल जुलुस, प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउन थालेको छ । हामी ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला अध्यक्षहरु बैठक बसेर समयमै निर्वाचन हुनुपर्छ भनेर लागेका छौं ।
नाम मात्रको गठबन्धनले जनदवादपछि निर्वाचन गराउन सरकारलाई सुझाव दिने भन्ने सुन्नमा आएको छ । यदि निर्वाचन भयो भने हामी ललितपुरको ६ वटै पालिकामा जिताउन हाम्रो कमिटी अगाडि बढ्छ ।
हामीले तलका कमिटीहरुसँग बसेर कुरा गर्दा एमालेले राष्ट्रियताको अडान ठिक छ । सरकामा हुँदा एमालेले काम गरेको छ,जनजीविकामा लिएको लडानका कारण एमालेले जित्छ भन्नु भएको छ ।


एमालेले ललितपुरमा गठबन्धन गरेर निर्वाचनमा जान्छ कि ?
राजनीतिमा असम्भव भन्ने त छैन । तर यो पटक हामी गठबन्धन गरेर होइन एक्लै निर्वाचनमा जादैछौं । भिन्न कार्यशैलीबाट आएका साथीहरुसँग पार्टी एकता गर्दा हामीले अधिल्लो पटक एकता टिक्न सकेन ।
निश्चित स्वार्थ रहेछ साथीहरुको । नेकपा एमालेलाई एकपटक बहुमत दिनुस् केपी ओलीको नेतृत्वमा सुरु गरेको काम हामी पुरा गछौं भनेर निर्वाचनमा जान्छौं । सुखी नेपाली, समृद्ध नेपालको नारा लिएर निर्वाचनमा जान्छौं ।


मालेविरुद्ध गठबन्द्धन किन बन्यो होला । गठबन्द्धनलाई जनताले कसरी लिएका छन् ?
गठबन्धन लोभि र पापीहरुको झुण्ड हो । अहिले लोभीलाई लोभमा र पापीलाई पापमा फसाएर त्यो गठबन्धन निर्माण भएको छ । स्वार्थ समूह थिएन भने तपाई नै भन्नुस् । महाकालीमा जयसिंह धामी बेपत्ता हुँदा चुसम्म बोल्न सक्यो यो सरकार ।
महाकालीमै तट बन्धन निर्माण भइरहेको छ । नेपाली भूमि जलमग्न हुँदैछ । जनताको पक्षमा गठबन्धन छैन । धेरै प्रश्नहरु छन् ।
यो गठबन्धन विकाशका निम्ति होइन । यो गठबन्धन देशका निम्ति होइन । यो विदेशीहरुका इशारामा निर्माण भएको कठपुतली सरकार होे । जनताले गठबन्धनलाई धुलो चटाउछन्
उहाँहरु गठबन्धन लिएर जानु हुन्छ । हामी एक्लै जनतामा जान्छौं । हामी जनताका बीचमा गरेका कामहरु लिएर जान्छौं । एमालेले काम गरेको छैन भन्ने अवस्था त छैन । जनताले एमालेले ठिक काम गरेको छैन भन्ने अवस्था छैन ।

पार्टी फुटेकै अवस्थामा गठबन्धनसँग एक्लै लड्दा एमालेलाई पराजय हुने जोखिम हुँदैन ?
पार्टी फुटेको छ भनेर बाहिर हामी जति चर्चा गछौं । तपाईसँग बहस नै चलाऔं । ललितपुरको महाँकालमा नेकपा एमालेका सबै निर्वाचित जनप्रतिनिधिहरु कही जानु भएको छैन । वागमतीमा,कोञ्ज्योसोम, गोदावरीमा कुनै जनप्रतिनिधिहरु अरु पार्टीमा जानु भएको छैन ।
ललितपुर महानगरमा केही साथीहरु जानु भएको छ । तर त्यहा रहेका हुलका हुल साथीहरु पार्टी कार्यालयमा आएर छोडेर गएका गलत मान्छेहरुलाइ ल्याएर गल्ती नगर्न भनिरहेका छन् उहाँहरु हामी पहिले जितेको भन्दा धेरै मत ल्याएर फेरि जित्दैछौं भनिरहनु भएको छ ।
हो नेकपा एमालेमा लामो समय काम गर्नु भएको केही साथीहरु जानु भएको छ । एउटा जिवन्त संगठनमा आउने जाने क्रम चलि नै रहन्छ । जाने संख्या सानो छ । आउने संख्या ठूलो छ ।
निर्वाचनमा टिकट नपाउदा पार्टी छोड्ने र टिकट पाए बसेर काम गर्ने नेताहरुको प्रवृति मौलाइरहेको छ । टिकट दिने मापदण्ड चाँही कस्तो हुन्छ ?
टिकटको बारेमा अहिले धेरै छलफल नचलाउऔं । टिकटका बारेमा निरन्तर काम गरिरहनु भएका योग्य क्षमतावान् साथीहरुले उम्मेदवारी पाउनुहुन्छ । टिकट पाउनका निमित्त पार्टीको केन्द्र, प्रदेश र जिल्लाले एउटा मापदण्ड बनाउछ । त्यही मापदण्डका आधारमा पार्टीले टिकट दिन्छ । हाम्रो झस्केलाबाट टिकट दिदैन । योग्यतम साथीहरुमध्येबाटै टिकट पाउनु हुन्छ ।
एमालेबाट अरु पार्टीमा नेताहरु गइरहेको अवस्थामा अन्य पार्टीबाट एमालेमा आउने अवस्था छ कि छैन ?
विगतमा नेकपा एमालेबाट छोडर जाने साथीहरुसँग कुराकानी भइरहेको छ । उहाँहरुसँग संवादहरु च्लिरहेको छ । उहाँहरुसँग सकारात्मक कुरा भइरहेको छ । नेपाली काँग्रेस नजिक भएका योग्यतम राम्रा साथीहरुसँग कुराकानी भइरहेको छ । माओवादी पार्टीका कतिपय साथीहरु पनि एमालेमा आउन कुराकानी गरिरहनु भएको छ । उहाँहरुलाई जिम्मेवारी दिने विषयमा पार्टीले सोच्छ ।
एमालेबाट छोडेर जाने साथीहरुको विषय पनि यससँगै जोडिन्छ । उहाँहरुका विषयमा धेरै कमेन्ट नगरौं । उहाँहरु गठबन्धनको लोभ र मोहमा फस्नु भएको देखिएको छ । तर चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भने जस्तै अवस्था हुन्छ ।
जिल्ला अधिवेशनका क्रममा एमालेभित्र केही नेताहरु असन्तुष्ट पनि देखिएका छन् । उहाँहरुलाई आगामी दिनमा कसरी उहाँहरुलाई समेटेर अघि बढ्नु हुन्छ ?

पार्टी एकतामा क्रममा ठूलो कमिटी बनाइएको थियो । कतिपय साथीहरु जिल्ला कमिटीमा अट्नु भएको छैन । उहाँहरुलाई प्रदेश,सल्लाहकार कमिटी,केन्द्रिय विभाग र प्रदेश विभागमा पाठउछौं । उहाँहरुको योग्यता र क्षमताको आधारमा उपर्युक्त जिम्मेवारी दिन्छौं । यी सबै सोहार्दपूर्वक नै भएका छन् ।
कतिपय साथीहरु एमालेभित्र केही असन्तुष्ट हुन्छन् र ती असन्तुष्टहरुलाई आफ्नो डोकोमा हालौला भनेर बसेका छन् । उहाँहरुको आशा निराशामा परिणत हुनेछ ।
नेकपा एमाले ललितपुरले कस्तो योजना अघि सारेर निर्वाचनमा जादैछ ?
राज्यले निर्वाचनको मिती घोषणा गरेपछि हामी ललितपुरमा नेकपा एमालेले के गर्छ भन्ने कुरा घोषणापत्र मार्फत लिएर आउनेछौं ।
लामो समय सरकारमा रहेको एमालेले ललितपुरको विकाश किन हुन सकेन ? अव के गर्नु पर्ला ?

ललितपुर निर्माणको कोणबाट हामीले अलि गम्भिर बहस चलाउनु पर्ने अवस्था छ । राजधानीसँग जोडिएको जिल्ला ललितपुरमा अmभैm बाटोकै समस्या छ । कान्तिलोकपथ,लेले चन्दनपुर,मध्यमार्गी, बगुवा कोलेश्वर सडक कालोपत्र गर्नु पर्नेछ । सबै स्थानीय निकायमा अस्पताल निर्माण गर्नु पर्नेछ । शिक्षालयमा पनि ललितपुरमा प्राविधिक शिक्षालय स्थापना गर्नु पर्नेछ ।
सातदोवाटोबाट कोटेश्वर, महालक्ष्मी नगरबाट लगनखेल आउदा ३ घण्टा जाममा बस्नुपर्छ । सातदोबाटो एकान्तकुनाको अवस्था उस्तै छ । विगतमै सुरु हुनु पर्ने फ्लाईओभर सुरु भएको छैन ।
काठको सडकको अवस्था पनि उस्तै छ । ढुकुछापलाई पहाड भन्ने कि काँठ भन्ने ? चापागाँउबाट छम्पी जान कि लेले पुगेर जानुपर्छ कि सातदोबाटो हुँदै । सँगै जोडिएको नगरपालिकाको केन्द्रबाट जान यति गाह्रो छ । गम्भिर भएर सोच्ने कि नसोच्ने ?
एकातिर खानी संचालन भइरहेको छ । अर्कोतिर अनुमती लिइएको छैन । कि खानी क्षेत्र घोषणा गर्नु प¥यो । बस्तीलाई सार्नु प¥यो ।
ललितपुरमा विभिन्न क्षेत्रलाई पकेट क्षेत्र घोषणा गर्न जरुरी छ ।
ललितपुरको विकाशमा सञ्चारको भूमिका कस्तो रहला । ललितपुरमा केन्द्रको सञ्चारमाध्यमहरुको प्रभाव रहने तर ललितपुरको विकाश प्रयासमा सहयोगी भूमिका देखिदैन । स्थानीय विकाश प्रयासका लागि यहाँका स्थानीय संचारमाध्यमहरुको विकाशका लागि तपाईहरुको भूमिका कस्तो हुन्छ ?
संचारको क्षेत्रका सन्दर्भमा छलफल चलाउनु पर्ने अवस्था देखिएको छ । मिडियाले ललितपुरलाई चिन्दैन कि देख्दैन ? यहाँ ललितपुरमा मिडिया चलाएर बसेका साथीहरु पनि हुनुहुन्छ । तर दुखका साथ भन्नुपर्छ ललितपुरका ठूला गतिविधिहरु भयो भने ठूला नेताहरु आउनु भयो भने मिडियाले ललितपुरलाई प्राथमिकता नै दिदैन । काठमाडौंमा कार्यक्रम भयो भने मिडियाहरु टन्नै उपस्थित हुने तर ललितपुरमा मिडियाको उपस्थिती नै देखिदैन ।
यसमा २ कोणबाट छलफल चलेको पाए । एउटा ललितपुरमा रहेर काम गर्ने साथीहरुलाई व्यावसायिक बनाउन सकिएको छैन रहेछ । अर्कोतर्फ काठमाडौंका मिडियाहरुबाट डोमिनेट हुने अवस्था रहेको छ । यहाँको गतिविधिहरुलाई मिडियाले त्यती महत्व नदिने अवस्था छ । उहाँको गतिविधिहरुलाई त्यती धेरै स्थान नदिने अवस्था छ । यसको ललितपुर खबरले अगुवाई गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।

 

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : ४० बजे