१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निराजन र एलिसाले ल्याए नयाँ गीत ‘सागरको गहिराइ’




२८ माघ ०७८, काठमाडौं । मोडल एलिसा राई र निराजन प्रधानले ‘सागरको गहिराइ’मा जोडी बाँधेर नयाँ म्युजिक भिडियो ल्याएका छन् । गायक पार्कर लिम्बुको पछिल्लो गीत ’सागरको गहिराइ’मा यो जोडी निकै जमेको छ ।
पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ४१ बजे