८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु



२८ माघ ०७८, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन् । आज दुई हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा २६५ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २०३, ललितपुरमा ४५ र भक्तपुरमा १७ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौंमा ११ हजार ५४३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६६६९, ललितपुरमा ३४४८ र भक्तपुरमा १४२६ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।