९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म तिमी कसको ? को छायांकन ८० प्रतिशत पुरा




२ फागुन ०७८, तेह्रथुम । नेपाली कथानक चलचित्र तिमी कसको ? तेह्रथुममा छायांकन सकिएको छ । यस जिल्लाको पर्यटकीय क्षेत्रहरूमा ८० प्रतिशत छायांकन सम्पन्न भएको बताइएको छ । माघको दोस्रो हप्ताबाट छायांकन सुरु भएको चलचित्र शनिबार तेह्रथुमको चोलुङ पार्कमा ८० प्रतिशत सम्पन्न गरी टोली आइतबार काठमाडौ फर्किएको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।
दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको चलचित्र तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे,सुजेपु तिनछाँगे झरना लगायत बिभीन्न स्थानहरुमा छायांकन भएको छ ।
चलचित्र नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले ‘सर्ट’ दिइरहेका थिए । देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन ।
चलचित्रमा आकाश अकुले संगीत भरेका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र सम्वाद छ ।
चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका–९ सोल्मा काडेका मिर्गौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । चलचित्र नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ४५ बजे