६ फागुन ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ ।
प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई सोधीखोजी गर्दा झोलामा राखेको बम छोडेर उनीहरू भागेका थिए ।
भाग्नुअघि उनीहरू र प्रहरीको गस्ती टोलीबीच लछारपछार चलेको थियो ।
बम राख्ने व्यक्तिको नाम र आवद्धताबारे नखुले पनि सीसीटीभी फुटेजका आधारमा उनीहरूको खोजी भइरहेको असई चौधरीले बताए । कालिका पेट्रोल पम्पअगडि भेटिएका दुवै बम नेपाली सेनाको टोलीले निस्कृय पारिसकेको छ ।
प्रतिक्रिया