८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले गरिन् इंगेजमेन्ट



६ फागुन ०७८, काठमाडौ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शाले इंगेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् ।
‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं,’ उनले लेखेकी छन्, ’तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’
उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन् । न्युज कारखाना

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : २० बजे