८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यथास्थितिमा एमसीसीको पक्षमा जान नसकिने नेकपा एसको निर्णय




७ फागुन ०७८, काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा जान नसकिने जनाएको छ । नेकपा एसको आज सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसम्मत रुपमा एसीसीलाई अनुमोदन गर्न नसकिने, नेपाली जनताको चाहनाविपरित र राष्ट्रहित हुने खालका विषय संसोधन अनिवार्य रहेको निर्णय गरेको छ ।
आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्यय कार्यदलले बनाएको प्रतिवेदन पठेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताए ।
यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसीसी टेबुल गर्ने विषय सोच्न नसकिने उनको भनाइ छ । उनले भने, ‘एमसीसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसीसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ ।’

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ०२ बजे