८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा एसले भन्यो,‘छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ’ 



७ फागुन ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा एमसिसी परियोजना छलफलका लागि अगाडि बढाउन सैद्धान्तिकरूपमा सहमति दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा तथा सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा आज बसेको पोलिटब्यूरो सदस्यको बैठकले यथास्थितिमा परियोजना पारित हुन नदिने तर छलफलका लागि अघि बढाउनमात्र दिने निर्णय गरेको प्रमुख सचेतक एवं पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

परियोजनाका केही राष्ट्रियताका विषयमा उठेका विवादित बुँदामा  संशोधनसहित अगाडि बढाउन पार्टीले माग गर्दै आएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।