८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने



९ फागुन ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा पेस भएको एमसीसी परियोजना सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । महासचिव वेदुराम भुसालले आज जारी गर्नुभएको वक्तव्यमा पार्टीले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको उल्लेख छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी जानकारी दिएका छन् । प्रचार विभाग प्रमुख खतिवडाले संसद्मा पेस भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने बताउँदै सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए । उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसीसीको विपक्षमा मतदान गर्ने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ०९ बजे