८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटनबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

१३ फागुन ०७८, ललितपुर । ललितपुरको पाटनबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–. १२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका ६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ६ सय ५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरीले जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : १० बजे