८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा एकैदिन १ हजार ३ सय भन्दा धेरै चालकमाथि कारवाही




१५ फागुन ०७८, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाही गरेको छ ।
शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा पिएर सवारी साधन चलाउने ५७ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५४ जना रहेका छन् ।
यस्तै, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४० जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकमाथि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ४७ बजे