११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हात्तिवनमा नारायणकाजी भेट्दै विप्लव




१७ फागुन ०७८, काठमाडौं । ललितपुरको हात्तिवनस्थित नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भेटन नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लव पुगेका छन् ।
नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।
एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएपछि भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।