
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार विमलेन्द्र निधिको निवास बानेश्वरमा । प्रधानमन्त्री देउवाले नेता निधिलाई भेटेर सभापति पदमा पुनः हुने मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । तस्बिरः रोशन सापकोटा÷रासस
२३ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।
श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने ।
बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात वटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।







प्रतिक्रिया