५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तेह्रथुममा ट्याक्टर पल्टियो, एकको मृत्यु, चालक पक्राउ




प्रकाश पाक्साँवा
२४ फागुन ०७८, तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।