९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा महिलालाई उद्यमी बनाई छाड्ने भन्दै तालिम सुरु



उद्घाटन कार्यक्रममा सहभागीहरु ।

२ं४ फागुन ०७८, चापागाँउ । महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यका साथ ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ ।
गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संद्दले आयोजना गरको तालिमा २८ जना महिलाहरु सहभागी भइरहेका छन् ।
सोमबार नगरपलिकाकी उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम चैत्र २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम शुभारम्भ गर्दै उपमेयर अधिकारीले महिलाहरु उद्योगपति भएको हेर्न चाहेको बताइन् । भनिन्, ‘यस क्षेत्रका महिला दिदीबहिनीहरु उद्योग चलाउन सक्ने हैसियतमा पुग्ने विश्वास गरेर मैले तालिमका लागि सहयोग गरेकी छु । तपाईहरु सफल हुनुहोस् मेरो शुभकामना छ ।’
कर्यक्रममा प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले आफूहरुको उदेश्य महिलाहरुलाई उद्यमी बनाई छाड्ने रहेको बताए ।

तालिममा सहभागीहरु ।

गेदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले १ सय ५० जनामध्ये विषय विज्ञको छनौटपछि २८ जनालाई तालिम दिन लागेको बताए । उनले भने,‘हाम्रो उद्देश्य जसरी पनि महिलाहरुलाई उद्यमशिल बनाउने नै हो ।’
तालिम कार्यकमकी संयोजक निर्मला क्षेत्रीले एकाइशौं शताव्दीका महिला आत्म निर्भर हुन उधममा लाग्नु पर्ने बताइन् ।
बाणिज्य संघका उपाध्यक्ष राजन महर्जनले आफ्नी आमा उद्यमी भएकै कारण आफू उधमी बन्न सकेको प्रेरणादायी सुन्देश सुनाएका थिए । उनले भने,‘नेपालमा महिला कमजोर छैनन् मेरा बुवा जागिर खान्थे । आमा उद्यमी थिइन् ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : १० बजे