८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा ४ जना मृत फेला




२४ फागुन ०७८, काठमाडौं । काठमाडौं उपत्यकाका छुट्टा छुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ टेकु डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका २ घर भएकी ४८ वर्षीया टेक कुमारी घर्ती क्षेत्री आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौंको नागार्जुन नगरपालिका १० स्युचाटार अमरज्योति स्कुल नजिक सडक पेटीमा मोरङ सुन्दरहरैचा नगरपालिका ६ गोठगाउँ घर भई स्युचाटार बस्ने ७५ वर्षीय कृष्ण बहादुर आचार्य सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बागरेस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको छ ।
साथै ललितपुरको ललितपुर महानगरपालिका १० कुपण्डोल बाग्मती पुलमुनि भक्तपुर चाँगुनारायण नगरपालिका ७ बागेश्वरी घर भएका ४५ वर्षीय बिनोद गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ३७ बजे