११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फास्ट ट्रयाकको निरीक्षण गर्दै प्रधानसेनापतिले भने, ‘राम्रो र छिटो काम गर्नुस’



२५ फागुन ०७८, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएको जंगीअड्डाले जनाएको छ ।
निर्माणाधीन महादेवटार सुरुङखण्ड (प्याकेज १) र लेनडाँडा (धेद्रे सुरुङखण्ड (प्याकेज २)को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिए ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।