२५ फागुन ०७८, काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक नभएको बताएको छ ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय समितिले गठबन्धनबारे आधिकारिक निर्णय गर्ने जानकारी दिए । उपसभापति खड्काले पनि गठबन्धनका स्थानीय आवश्यकताअनुसार हुनेसमेत बताए ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको कार्यसम्पादन समितिले गठबन्धनका विषयमा धेरै चर्चा गर्न आवश्यक नभएको ठहर गरेकाले अहिले नै बोल्ने समय नभएको बताए ।
कांग्रेसले घर घर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान घोषणासमेत गरेको छ । पत्रकार सम्मेलनमा पार्टी उपसभापति खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया