८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीको सिंहदरवार प्रधानमन्त्रीले उद्घाटन गर्ने



फाइल तस्विर

ललितपुर खबर
२५ फागुन ०७८, ललितपुर । गोदावरी नगरको सिंहदरवार(प्रशासनिक भवनको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटान गर्ने भएका छन् ।
भोलि शुक्रबार अपरान्ह २ बजे प्रधानमन्त्री देउवा बज्रबाराहीस्थित नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।
उनका अनुसार छैटौं नगर दिवसको सन्दर्भ पारेर भवन उद्घाटन हुन लागेको हो ।
गोदावरी नगरपालिकाको प्रशासनिक भवन २०७५ सालको आश्विन २५ गते नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शिलान्याश गरेका थिए । २ वर्षभित्र निर्माण पुरा गरिसक्नु पर्ने योजना भए पनि १७ महिना ढिलो गरि भवनको शिलान्याश हुन लागेको हो ।


करिव १२ रोपनी जग्गामा निर्माण भएको भवन ७ तलाको छ । भवनमा २ तला बेसमेन्ट पार्किङ रहेको छ ।
परम्परागत डिजाइनमा बनाइएको भवनको माथिल्लो तलामा हल रहेको छ भने लिफ्ट समेत रहेको छ ।
२७ करोड ४९ लाख ८९ हजार ३५ रुपैयाँ भवन निर्माणको बजेट विनियोजन गरिए पनि तुल्सीभक्त ड्रागन जेभिल २१ करोड ४५ लाख ५६ हजार ६१ रुपैयाँमा ठेक्का लिएर संयुक्त ठेक्कामा भवन निर्माण गरेका हुन् ।
कतिपय स्थानीय तहमा अझै जग्गा समेत नभएको र भएको ठाउँमा समेत किचलो कारणले भवन निर्माण हुन नसकेको पाईन्छ ।गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन ले विवाद रहित तरिकाबाट भवन सम्पन्न गरेको पाईन्छ।महर्जन विकास प्रेमि तथा जनता को पक्षमा सदैव लागिपरेको पाईन्छ।जनताको हर गुनासो आफ्नै हुनासो जस्तै महसुस गरेर मलपट्टि गर्न हरहम्मेशा तत्पर रहेको पाईन्छ ।यसैको दरबिलो उदाहरण नवनिर्मित भवन हो ।
नगरपालिकाको आफ्नै भवन नहुँदा बज्रवाराहीमा २ वटा भाडामा बस्दै आएको थियो ।


यही चैत्र १५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएपछि हतारमा भवन शिलान्याश गर्न लागिएको नगरपालिकाका एक कर्मचारीले बताए । उनले भने,‘सबै काम पुरा चाहि भएको छैन । अहिले शिलान्याश गरेरकामर सकिएपछि सर्ने योजना छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ५ : २७ बजे