
२६ फागुन ०७८, काठमाडौं । संखुवासभाको सातघुम्तीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।







प्रतिक्रिया