११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो(अपडेट)



२६ फागुन ०७८, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार दुर्घटनामा घाइते पाँच जनालाई हेलिकप्टर मार्फत धरान पठाउन लागिएको छ ।
बिहीबार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मादी ठेगाना भएका ४८ वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीय तुलसा कटवाल, १७ वर्षीय करिस्मा तामाङ, २४ वर्षीय सुवास तामाङ र २४ वर्षीय युका पोखरेल घाइते छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।