११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभा बस दुर्घटनामा मृतकमध्ये १० जनाको सनाखत, चालक र सहचालकको पनि मृत्यु



२६ फागुन ०७८, काठमाडौं । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।

मृतक:- १४ जना
१) जिल्ला संखुवासभा मादी न.पा. ६ बस्ने बर्ष नखुलेकि अञ्जना कटवाल ।
२) ऐ५ बस्ने बर्ष ४५ को दिपक दाहाल
३) ऐ ६ बस्ने बर्ष ३८ को ईन्द्र बहादुर अधिकारी।
४) ऐ४ बस्ने बर्ष ३०/३५ को उमेश भट्टराई (सहचालक)
५) ऐ४ बस्ने बर्ष ३८ को आईत बहादुर तामाङ
६) ऐ४ बस्ने बर्ष ३५ कि सबिता राउत कार्की
७) ऐ५ बस्ने बर्ष ५०/५२ को श्याम शेर्पा
८) ऐ५ बस्ने बर्ष ५५ को भवानी दाहाल
९) ऐ. ६ बस्ने तुलसा कटवालकी छोरी बर्ष ५ कि दिक्षा कटवाल
१०) जि. तेह्रथुम औशीडाँडा बस्ने बर्ष ३०/३५ को बिपिन निरौला (चालक/सवारी धनी )
११) नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जना ।
घाईते:- ५ जना
१) जि. संखुवासभा मादी ५ बस्ने बर्ष ३० को सुभाष गोले । (टिकट बुकिङ गर्ने)
२) ऐ. ६ बस्ने बर्ष २२कि तुलसा कटुवाल ।
३) ऐ. ६ बस्ने उमेर नखुलेकी अम्बिका बि.क. ।
४) ऐ.ऐ. बस्ने बर्ष ५० को डम्बर बहादुर कार्की ।
५) ऐ.ऐ.५ बस्ने बर्ष ३० कि युका पोखरेल ।
पाँच जनाको हेलिकप्टर बाट उदार

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।