९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्रधानमन्त्री देउवा चापागाँउ आउने भएपछि सडक कालेपत्र




२७ फागुन ०७८, चापागाँउ । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवा गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न चापागाँउ आउने भएपछि रातारात सडक कालोपत्र गरिएको छ ।
प्रधानमन्त्री देउवा बुधबार चापागाँउ आउने निश्चित भएपछि ठाँउ ठाँउमा खाल्टो पुर्ने कालोपत्र गर्न सुरु गरिएको हो ।
लामो समयसम्म सडक कालोपत्र नहुँदा धुलो धुवा र हिलो खेप्न बाध्य स्थानीयबासी प्रधानमन्त्री एक दिन आउँने कार्यक्रमका लागि कालोपत्र गर्न थालेपछि आक्रोसित हुँदै प्रतिकृया दिएका हुन् ।
एक युवाले कालोपत्र गर्दै गरेको तस्विर र भिडियो शेयर गर्दै लेखेका छन्, प्रधानमन्त्री आउने भएपछि सडक कालोपत्र भएछ । अव चापागाँउका नेतालाई प्रधानमन्त्री बनाउनु पर्छ ।
नगरलाई सफा र सुन्दर राख्ने जिम्मेवारी भए पनि नगरपालिकाले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । एक युवाले भने, ‘दिनरात यो सडकमा धुलो उड्छ । तर नगरपालिकाले कहिलेपनि पानी हाल्दैन । आफ्नै कार्यालय अगाडि खाल्टो पर्दा समेत नगरपालिकालाई वास्ता हुँदैन ।’


२ वर्षअघि कालोपत्र गरिएको यो सडक ६ महिनामै भत्केर उस्तै बनेको थियो । कालोपत्र गर्दा सडकमा आएर फोटो खिचाएर सामाजिक सञ्चालमा प्रचार गर्ने स्थानीय नेताहरु सडक भत्केपछि फर्केर नआएको ठेचोकी लक्षमी महर्जन बताउछन् । उनी भन्छिन्,कालोपत्र भएको बेला आफ्नै खल्तीबाट पैसा हालेको जस्तो सडकमा आएर मैले सडक कालोपत्र गरे भन्ने नेताहरु सडक भत्केपछि आएनन् । अहिले हामीले धुलो खानु परेको छ ।
चापागाँउका रमेश महर्जनले केही ठाँउमा कालोपत्र गरिएको भए पनि त्यो राम्रो नहुने बताए । उनले भने,ठाँउ ठाँउमा माटो हालिएको छ अव त्यो माटो धुलो बनेर उड्छ । हामीलाई झन् सास्ती हुने भयो ।
भत्केको सडकमा नगरपालिकाले ठूला ढुंगा सहितको माटो सडकमा हाल्दा बाटो अप्ठ्यारो बनेको स्थानीयहरु बताउछन् । सडकमा ठूला ठूला ढुंगा सहितको माटो ल्याएर हाल्दा सडक अग्लो र होचो भएको र मोटरसाइकल चलाउन गाह्रो भएको उनीहरुको दुखेसो छ ।
ढुगा रोडा बोक्ने टिपर लगायतका मालबाहक गाडी गुढाउनका लागि बर्षैं पिच्छे सरकारले नख्खु करिडोरमा पैसा हाल्ने गरेको भए पनि धेरै गाडी चापागाँउ भएर जादा यात्रुलाई सास्ती छ । टिपरकार कारण अफिसको समयमा जाम हुदा यात्रु निरन्तरहैरानीखेप्न बाध्य छन् ।
केही समयअघि स्थानीयहरुको विरोधपछि टिपर निषेधित क्षेत्र घोषणा गरिए पनि विभिन्न वाहानामा टिपर चलाउने प्रबृति रहेको स्थानीयहरु बताछन् । टिपर चालकहरु नै पहुच हुने खानी सञ्चालकहरुको मात्रै दिसँसो चापागाँउ भएर चल्ने गरेको आरोप लगाउछन् ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : १९ बजे