२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालसहित १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइका लागि पठाउन आदेश



२९ फागुन ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट पुनः पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिइएको छ ।

आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले नेपालसहित १४ सांसदविरुद्ध दायर भएको रिट पूर्ण सुनुवाईका लागि पठाउने आदेश दिएको हो ।

तत्कालीन नेकपा पूर्ववत् रुपमा एमाले र नेकपा माओवादी केन्द्रमा फर्किएपछि एमालेबाट नेपालसहित १४ सांसद पार्टीबाट हटेका थिए । र, उनीहरुले छुट्ट दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए ।

पार्टीको अनुशासनमा नबसेको भन्दै अध्यक्ष ओलीले नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । र, सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले निलम्बित गरेका सांसदहरुलाई कारबाही गर्न पत्र पठाएका थिए ।

तर, सभामुख सापकोटाले नेपालसहित १४ सांसदलाई हालसम्म कारबाही गरेका छैनन् । निर्वाचन आयोगले पनि नेपाल समूहलाई नेकपा (एकीकृत समाजवादी पार्टी) दर्ता गर्न दिएको थियो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।