११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा ९१ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोपको पहिलो मात्रा



४ चैत ०७८ काठमाडौं । अहिलेसम्म ९१ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार एक लाख ४५ हजार ९ सय ८४ जनाले खोप लगाएका छन्।

योसँगै पहिलो डोज लगाउनेको संख्या एक करोड ८६ लाख ९१ हजार ९ सय १९ पुगेको छ । सरकारले १२ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँदै आएको छ । अहिलेसम्म लक्षित समूहको ९१ प्रतिशतले पहिलो खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पूर्ण खोप लगाउनेको संख्या एक करोड ८६ लाख ७८ हजार ४ सय ९ पुगेको छ । यो लक्षित जनसंख्याको ६६ प्रतिशत हो ।

बुस्टर डोज लगाउनेको संख्या पनि १८ लाख २४ हजार १ सय ७३ पुगेको छ । अहिलेसम्म कुल तीन करोड ९१ लाख ९४ हजार चार सय १ डोज खोप लगाइसकिएको छ ।

अहिलेसम्म नौ लाख ७८ हजार एक सय सात जनामा कोरोना देखिएको छ । नौ लाख ६१ हजार ७ सय ८१ जना निको भएका छन् । अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।