७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा १ सय ५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण




चैत ४, २०७८, काठमाडौं । काठमाडौंमा १ सय ५० भन्दा धेरै सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न भएका छन् । काठमाडौं महानगरले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर यी सास्कृतिक सम्पदाहरु पुर्ननिर्माण भएको जानकारी दिएको हो । महानगरका मेयर विद्यासुन्दर शाक्यले भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइ स्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १ सय ५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरिसकेका बताए ।
यी भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित रहेको र ती चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, भेष भुषा, खाना तथा चलनलाई नासिन नदिन लगानी गरेकाो बताए । मेयर शाक्यले भने, ‘महानगरले सम्पदा क्षेत्रमा वार्षिक १ अर्व भन्दा बढी रकम विनियोजन गर्ने गरेको र यसबाट “सांस्कृतिक सहर, काठमाडौं महानगर” को नारालाई सार्थक बनाउन कला, भाषा, साहित्य, संस्कृति र सम्पदाहरुको संरक्षण, सम्वर्धन, निर्माण एवं पुनः निर्माणको कामलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौँ ।’
काठमाडौँ । जनप्रतिनिधि पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको छ । आज मेयर विद्यासुन्दर शाक्यले, महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी दिएका हुन् ।
उनले संस्थागत निर्णयमा गर्दा पदाधिकारीविच छलफल र परामर्श हुने गरेको, महानगरका निर्णय गर्ने, योजना बनाउने पद्धति र जिम्मेवारी रहेको बताएका छन् । उनका अनुसार योजनामा विवाद नरहेको र सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानुनी व्यवस्थालाई ननाघेका दावी गरे ।
महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाका भित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको मेयर शाक्यको भनाइ थियो । यसै कार्यक्रम अन्तर्गत लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका काम भएको उनको भनाइ थियो ।
निर्वाचित हुनु अघि नै कार्यान्वयनमा आएका योजनालाई लिएर आलोचना गर्ने काम भएको उनको गुनासो थियो । रानीपोखरी पुननिर्माणलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै मेयर शाक्यले भने, ‘रानी पोखरी पुननिर्माणको काम हामी निर्वाचित भएर आउनु अघि नै सुरु भएको हो । हामीले पदवहाली गर्दा काम भइरहेको थियो । त्यो विषयलाई लिएर हाम्रो आलोचना भयो । हामीले क्रमागत रुपमा चलेका योजनालाई निरन्तरता मात्र दिएका थियौँ । रानीपोखरीसँगै हामी सञ्चालनमा रहेका सबै योजनाका विषयमा सरोकारवालासँग छलफल गर्न खुल्ला थियौँ । तर, जसले हाम्रो आलोचना गरे, उनीहरुले कहिल्यै पनि वास्तविकताका विषयमा सोधेनन् । केवल बाहिर कुरा मात्र गरिरहे ।’
नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, संगीतको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्राप्त भएको उनको धारणा थियो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ५४ बजे