
५ चैत्र ०७८,रुकुमपूर्व । रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका १२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिएका छन् । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप बुढा रहेका छन् । अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन । दुवै जनाको रुकुमपूर्व अस्पततालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
५ चैत्र २०७८, शनिबार
0
Shares







प्रतिक्रिया