काठमाडौं । चैत ६ गते
आज बिहान करिब साढे ३ बजे पर्सामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने टेम्पोमा सवार दुईजना सामान्य घाइते छन् । ठोरी गाउँपालिका–३ मा टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ठोरी–३ का खेलबहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ ।रामनगरबाट विजयबस्तीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो नियन्त्रण गुमाएर पल्टिएको प्रहरी जनाइएको छ ।







प्रतिक्रिया