५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री भएको मान्छे मेयर बन्न अवश्य मिल्छ–बाबुराम भट्टराई



काठमाडौं. चैत ६ गते
हाल स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौंको मेयरको उम्मेदवारबारे चर्चा भलिरहेको छ । यसैक्रममा पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय अध्यक्ष डा.बुराम भट्टराईले आफू पनि उम्मेदवार हुन मिल्ने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण पनि पेस गर्नु भएको छ । फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत उहाँले बताउनु भएको छ ।

सडक फराकिलो पार्ने बाबुराम जस्ता आँट भएका व्यक्ति नआएसम्म काठमाडौंको विकास नहुने विचार व्यक्त गर्दै एक ट्विट प्रयोगकर्ताले पोस्ट गरेका छन्। जसका लागि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई मेयरको प्रस्ताव गर्न मिल्ला कि नमिल्ला भनेर प्रश्न गरेको डा. भट्टराईले जवाफ दिनु भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।